INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ गोरपालीका २० वर्षीय हर्क बुमीलाई माघ २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ २५ गते अदानचुली गाउँपालिका–४ रिल्मा बनमा गाई गोरु चराउन गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका भाई सुरेन्द्र थापाले माघ २५ गते प्रहरी चौकीे गल्फागाडमा उजुरी गरेको इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २६ गते जिल्ला अस्पतालमा भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।

अन्य

भिडियो