१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१२ टक्सारका ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० मङसिर ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २४ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बुले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २५ गते गरिएको छ ।