INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–६ का १९ वर्षीय धनबहादुर कार्कीलाई माघ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले ०८० वैशाख र अन्तिम पटक जेठ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २५ गते गरिएको छ ।

अन्य

भिडियो