INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २५ गते ऐरावती गाउँपालिका –३ का ३० वर्षीय अरविन थापालाई सात वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश पुनाराम खनालको इजलासले सात वर्ष कैद , ३ लाख रूपियाँ जरिबाना र ३० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार गणेशकुमार गौतमले बताउनु भयो ।

पीडितलाई आरोपितले ०८० साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ६ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई साउन ६ गते घरबाट  गिरफ्तार गरी  जबरजस्ती करणीको आरोपमा ०८० साउन २३ गते जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल, बिजुवारमा भएको थियो ।

अन्य

भिडियो