सिमकोट गाउँपालिका–३ स्थित तोर्पा गाउँका ५५ वर्षीय भाइ फुर्वा लामालाई चक्कु प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ६५ वर्षीय दाइ निमा छिरिङ लामालाई माघ २४ गते गिरफ्तार गरेको छ ।
दाइ र भाइ मिलेर माघ २२ गते मदिरा सेवन गर्ने क्रममा दुई जनाको आपसी विवाद बढेपछि दाइले भाइलाई चक्कुले छातीमा हानेर घाइते बनाएको भन्दै पीडित पक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले जानकारी दिनु भयो ।
घाइतेको छातीमा तीन ओटा टाँका समेत लगाएको छ । हाल सम्म जिल्ला अस्पतालमै उपचार भइरहेको सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।