९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १० राङ्खोला बस्ने ३० वर्षीय लेख बहादुर जिटिलाई प्रहरीले ०८० माघ २२ गते पोखरा महानगरपालिका– ९ कास्कीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८० माघ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले माघ २२ गते मौखिक र २३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा लिखित उजुरी दिनुभएको थियो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपि सन्जय राउतले बताउनुभयो ।
आरोपित विरुद्ध बाल यौन दुरुपयोग कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको राउतले बताउनुभयो ।