पलाता गाउँपालिका–८ का २२ वर्षीया उर्मिला सेजुवाल रोकायालाई कुटपिट गरी हत्या गरेको आरोपमा २४ वर्षीय पति राजेन्द्र रोकायालाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ ।
छोरी मात्रै जन्माएको आरोपमा पत्नीलाई माघ १४ गते कुटपिट गरी हत्या गरेको आरोपमा मृतकका दाजुले आरोपितविरुद्ध माघ २१ गते उजुरी दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम माघ २३ गते जिल्ला अस्पतालमा भयो ।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताउनु भयो ।