INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका २५ वर्षीय प्रमोद राम ०८० माघ २३ गते गिरफ्तार भएका छन् ।

आरोपितले ०८० कात्तिक ३० गते हत्या गरेको भन्दै मृतकका छोरा दुर्गानन्द मोचीले इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते उजुरी दिनुभएको थियो । आरोपितले कुटपिट गर्दै पक्की घाटको पिलरमा ठोकिने गरी धक्का दिदा लडेर टाउकोमा चोट लागी घाइते रेश्मीको उपचारका क्रममा सप्तऋषी अस्पताल लहान, सिरहामा कात्तिक ३० गते राति साढे ११ बजे मृत्यु भएको थियो । शवको पोष्टमार्टम सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा मङ्सिर १ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनामा मङ्सिर १ गते उजुरी दर्ता भयो । आरोपितविरुद्ध मङ्सिर १ गते पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा गाउँघरबाटै पक्राउ परेको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो