३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २२ गते बलरा नगरपालिका–४ का ३४ वर्षीय दिपेन्द्र कुमार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई माघ ९ गते पीडितकै घर पछाडी बाख्रा तथा भैसी गाेठमा बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप रहेको छ ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित सिंह फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।