INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनकाे क्रममा पत्रकारमाथि कुटपिट

मौलापुर नगरपालिका-१ मर्यादपुर निवासी समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार ४२ वर्षीय कृष्ण तिवारीमाथि ०८० माघ २३ गते कटहरिया नगरपालिका-९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार सङ्कलन गर्ने क्रममा कुटपिट भएकाे छ ।

किसानले चिनी मिलमा ल्याएका उखु काँटा गर्ने क्रममा १ सय कुइन्टल उखुलाई मिलका कर्मचारीहरुले ७० कुइन्टल बनाएकाे भन्दै कृषकहरुले विराेध गर्नुका साथै नारा जुलुस समेत गरेकाे घटनाकाे समाचार सङ्कलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल संचालक तथा कटहरिया नगरपालिकाका मेयर समेत रहेको ३३ वर्षीय अजय प्रकाश कलवारकाे संलग्नतामा कुटपिट भएको पीडितकाे आराेप रहेकाे छ ।

कुटपिट गर्नुका साथै पत्रकार तिवारि र उनीसँगै समाचार सङ्कलन गर्न पुगेका अर्का पत्रकार माधवनारायन नगरपालिका-१ दिपहीका ३४ वर्षीय धिरज यादव समेतकाे मोबाइल र क्यामरा मिल संचालक अजय प्रकाशले लुटपाट गरेको पत्रकार धिरज यादवले बताउनु भयाे । माघ २३ गते तत्काल घाइते पत्रकार तिवारीलाई गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचारकाे लागि लगिएपनि उनलाई साेही दिन थप उपचारकाे लागी वीरगन्ज स्थित सुर्य अस्पताल लगिएकाे प्रेस  चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्ययले जानकारी दिनु भयो । प्रेस विज्ञप्तीकै आधारमा एक जना आराेपित कटहरिया नगरपालिका-९ का ३७ वर्षीय सक्कल देब ठाकुरलाई  माघ २३ गते इलाका प्रहरी कार्यालय गरुडाले गिरफ्तार गरेकाे उहाँले बताउनु भयाे ।

नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र समाजवादी प्रेस संगठन नेपालले माघ २३ गते एक प्रेस विज्ञाप्ति जारी गर्दै उक्त घटनाकाे घोर भर्त्सना गर्नुकाे साथै घटनामा संलग्न दोषीलाई सम्बन्धित निकायले गिरफ्तार गरी कडा भन्दा कडा कारबाहीकाे माग समेत गरेको छ।

अन्य

भिडियो