वीरेन्द्रनगर नगरपालिका–८ खजुराकी २० वर्षीया जसकला रोकायलाई २५ वर्षीय पति शिव बुढाले माघ २१ गते गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
आरोपितको कुटपिटबाट पीडित महिलाको गालामा चोट लागेको छ । पीडितको माघ २१ गते प्रदेश अस्पतालमा उपचार भएको छ ।
आफूलाइ पतिले पटक पटक कुटपिट गर्ने र गाली बेइज्जत गर्दै आएको पीडितले आरोप लगाउनुभयो ।
आरोपितविरुद्ध उजुरी दर्ता भएपछि माघ २२ गते दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्षण बहादुर शाहीले बताउनुभयो ।