INSEC Online

📅 २०८३ श्रावण ११

पहिरोले फालेलुङमा चार परिवार विस्थापित, ३५ घर उच्च जोखिममा

पहिरोले फालेलुङ गाउँपालिकामा चार परिवार विस्थापित भएका छन् । ३५ ओटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।

कोशी प्रदेशमा ०८३ असार ५ गते भित्रिएको मनसुन सक्रिय भएसँगै जिल्लामा भएको भारी वर्षाका कारण फालेलुङ गाउँपालिका– ५ लुङमादिनमा साउन १० गते बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट पहिरो गएको छ ।

हेवा खोलाको पहिरोबाट चार घर पूर्ण रुपमा विस्थापित हुनका साथै ३५ ओटा घर उच्च जोखिममा परेका छन् ।

पहिरोले स्थानीय विक्रम साँवा, चन्द्र साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूका परिवार विस्थापित भएका छन् । उनीहरु हाल छिमेकी आफन्तको घरमा बसेको फालेलुङ गाउँपालिकाका सूचना अधिकारी एवम् वडा न.५ का वडाध्यक्ष भरत खपाङ्गीले बताउनु भयो । उहाँका अनुसार जोखिम क्षेत्रका बासिन्दाका लागि सिंहसिद्ध आधारभूत विद्यालयको प्राङगण अस्थाई बसोवासको लागि प्रयोग गरिएको छ ।

पहिरोको कारण जोखिममा रहेका ३५ घर परिवारका १ सय ६८ जना विद्यालयको प्राङगणमा शरण लिएको स्थानीय यादन साँवाले बताउनु भएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिले पहिरो पीडितहरुको उत्काल उद्दार र व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने जनाएको छ ।

इवारा जवेगु लिम्बू

अन्य

भिडियो