INSEC Online

📅 २०८३ जेष्ठ २१

बेवारिसे अवस्थामा भेट्टिएका शिशुको प्रहरीद्वारा उद्धार

प्यूठान नगरपालिका— ४ स्थित बाख्रा खोरमा सालनाल सहित माघ १७ गते भेटिएको शिशुको प्रहरीले उद्धार गरेरको छ ।

स्थानीय छाया भण्डारीको बाख्रा खोरमा सालनाल सहित कपडाले छोपेर राखिएको अवस्थामा स्थानियहरूले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले उद्धार पछि शिशुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको छ । शिशुको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

शिशुलाई जन्म दिएर उक्त स्थानमा कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हुमानन्द खनालले बताउनु भयो ।

अन्य

भिडियो