INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

दैलेख जिल्ला भैरवी गाउँपालिका-६ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका -२ माइतीमा बस्दै आएकी २४ वर्षीया मनिषा कुमारी विकलाई कुटपिट गरेकाे आराेपमा २२ वर्षीय पति झलक बहादुर विकलाई  प्रहरीले माघ १७ गते गिरफ्तार गरेको छ ।

पीडितले आराेपितविरुद्ध माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकाे थियाे ।

आराेपितले माघ १३ गते कुटपिटका गर्नुका साथै मानसिक तनाव दिइ घरेलु हिंसा गर्ने  र नागरिकता नबनाइ दिने गरेको पीडितले आराेप लगाउनु भयाे ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि वीरेन्द्रनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो  ।

 

 

अन्य

भिडियो