१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश नारायण पौडेलको ०८० माघ १५ गतेको इजलासले धादिङको बेनिघाट रोराङ गाउँपालिका-८ बस्ने ४१ वर्षीय पुष्पलाल भन्ने पोषलाल श्रेष्ठलाई १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, १० हजार रुपियाँ क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई ०८० जेठ ३० गते बलात्कार गरेको भन्दै श्रेष्ठ विरुद्ध पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । श्रेष्ठलाई प्रहरीले जेठ ३१ गते गिरफ्तार गर्यो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते भरतपुर अस्पतालमा भएको थियो ।
प्रहरीले श्रेष्ठ विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् असार २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतको असार २२ गतेको आदेशले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठायो ।