१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वा का २८ वर्षीय दिपलाल कुमार साह विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० माघ १० गते पीडित पक्षले उजुरी दिनु भयो ।
पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित बालिकाकी बुवाले बताउनु भयो ।
घटनापछि आरोपित साह फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।