आफ्नै पतिबाट पटक पटक कुटपिट तथा सार्वजनिक स्थलमा यौन दुर्व्यवहार गरी पीडित बनाइएकी चौतरा सागागढीचोक नगरपालिका-३ की ३६ वर्षीया तारा तमाङले ०८० माघ ७ गते न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गनुभएको छ ।
पीडितका पति ३६ वर्षीय सुरज तमाङले घरभित्रै तथा सार्वजनिक स्थलमा पटक पटक दुर्व्यवहार तथा कुटपिट गरेपछि उजुरी लिएर प्रहरी कार्यालय पुग्दा समेत न्याय नपाएको बताउनु भएको छ । पटक पटकको घटना पछि माघ २ गते उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा पनि आफ्नो उजुरी प्रहरी कार्यालयमा दर्ता नभएको तारा तामाङको गुनासो छ ।
घरेलु हिंसा पीडितले न्यायका लागि सहयोगको आग्रह गरेपछि इन्सेक जिल्ला प्रतिनिधिद्वारा जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईसँग माघ ८ गते पीडितको समन्वय गराई उजुरी दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।