INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेको वीरेन्द्रनगरपालिका –२ घर भएका ३७ वर्षीय कर्ण बहादुर बुढाक्षेत्रीलाई माघ ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पत्नीले विदेशबाट कमाएको रकम हिनामिना गरी एकतर्फीरुपमा सम्बन्ध विच्छेद गराएकोले बालबच्चाको पालणपोषण समस्या भएकोले थप कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो । मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा पुसको २० गते निवेदन दिनुभएको थियो ।

निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको माघ ४  गते बसेको बैठकको निर्णय अनुसार नगद छ हजार  रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो । उहाँका अनुसार उक्त रकम स्थानीय जनप्रतिनिधि मार्फत हस्तान्त्रण गरिएको हो ।

पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240119 Surkhet

अन्य

भिडियो