INSEC Online

📅 २०८३ जेष्ठ २१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आक्रमण गरेको आरोपमा गिरफ्तार

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आक्रमण गर्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईं मञ्चमा चढ्ने क्रममा गौतमले चप्पल प्रहार गरेको भन्दै प्रहरीले गौतमलाई गिरफ्तार गरेको हो ।

गौतमलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको र  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो