INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० माघ २ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

बलात्कार घटनाबाट पीडित १७ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जानका लागि सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै ओरेक नेपाल, कैलाललीले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

पीडित बालिकालाई ०८० भदौ ९ गते जोशीपुर गाउँपलिका– ४ का ३५ वर्षीय राजेश चौधरीले बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो । घटनामा संलग्न व्यक्ति हालसम्म पनि फरार रहेका र आरोपितका परिवारले मिलापत्र गर्न दबाव दिइरहेकाले सहयोगका लागि पीडित बालिकाले अनुरोध गर्नुभएको छ ।

पीडितको स्वस्थ्य परीक्षण तथा उपचार भदौ १४ गते टिकापुर अस्पतालमा गरिएको थियो ।

photo20240116kailali

अन्य

भिडियो