INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला

१२ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत गुल्मीले पुस १७ गते इस्मा गाउँपालिका-४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई १९ वर्ष कैद र ७ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलको इजलासले कसुरदार ठहर गर्दै १९ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना र जरिवानाको ७ लाख तथा पीडित बाकिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यसैगरी, अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको  पाण्डेयले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

प्रहरीले आरोपितलाई साउन ११ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतले आरोपितलाई ०७९ भदौ १ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो