INSEC Online

📅 २०८३ श्रावण १

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

गोदावरी नगरपालिका–३ ढकुवाकी घरेलु हिंसा पीडित ५१ वर्षीया नन्दाकलादेवी कुँवरलाई न्यायिक प्रक्रियामा सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

photo20240111kailali

सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेकाले पीडित महिलालाई न्यायिक प्रक्रियामा जान आर्थिक अभाव भएको भन्दै दलित महिला अधिकार मञ्चले इन्सेकलाई सहयोगका लागि सिफारिस समेत गरेको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगाउन इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

अन्य

भिडियो