INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको ०८० पुस २५ गतेको इजलासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र पीडितलाई २ लाख रुपियाँ क्षतिपुर्ती भराउने फैसला सुनाएको छ ।

यसअघि न्यायाधीश ढकालकै ०८० पुस १३ गतेको इजलासले सन्दिप लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ बलात्कार गरेको देखिएको भन्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतले पुस २५ गते सजाय निर्धारणका क्रममा गरेको फैसलामा भनिएको छ, ‘पीडितको उमेर, प्रतिवादी सन्दिप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दिप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम आठ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिबाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिबाना ३ लाख र थप २ लाख रकम क्षतिपुर्ति बापत प्रतिवादी सन्दिप लामिछानेबाट पीडितलाई भराइदिने ठहर्छ ।’

अन्य

भिडियो