INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

यौन दुव्र्यवाहारबाट पीडित पाँच वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जानका लागि सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

photo20240110kailali

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

पीडित बालिकालाई ०८० मङसिर ३ गते धनगढी उपमहानगरपालिका–७ गौरीटोलका ३० वर्षीय गणेश चौधरीले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मंङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वस्थ्य परीक्षण मङ्सिर ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो