इनरूवा नगरपालिका-८ का २६ वर्षीय राजेश मण्डल र सोही ठाउँका २२ वर्षीय विवेक मण्डलले आफूहरूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपाबाट उपचार गराएर घर फर्किने क्रममा इनरूवा नगरपालिका-३ सखुवागाछी चौक प्रहरीले ०८० पुस २१ गते कुटपिट गरेको पीडितको आरोप छ ।
सवारी जेकचाँचमा इनरूवा नगरपालिका-३ सखुवागाछीमा बसेका नेपाल प्रहरीका जवानले दुई जनालाई कुटपिट गरेको प्रत्यक्षदर्शी गणेश यादवले बताउनु भयो ।
सवारी जाँचका क्रममा सवारी चालक अनुमतिपत्र र ब्लुक दिँदा १ हजार रुपियाँ मागेको र आफूहरूले नदिएपछि कुटपिट गरेको पीडितद्घयको आरोप छ ।
कुटपिट गर्ने प्रहरीको नाम र पद थाहा नभएको पीडितको भनाइ छ ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय एसपी विपिन रेग्मीले छानविन गर्ने र दोषी फेला परेका कारबाही गर्ने बताउनु भयो ।
कुटपिटबाट घाइते भएका राजेश मण्डलको जिल्ला अस्पताल, इनरूवा उपचार गरिएको छ ।
राजेश मण्डल इनरूवा नगरपालिका-८ वडा कार्यालयका कम्प्युटर अपरेटर रहेको प्रहरीले जनाएको छ ।