INSEC Online

📅 २०८३ जेष्ठ २१

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना गिरफ्तार

चन्द्रागिरी नगरपालिका-३, थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका-३, खरिबोट बस्दै आएका २६ वर्षीय अनमोल रामलाई ०८० पुस २२ गते गिरफ्तार गरेको छ ।

सवारी चेक जाँचका क्रममा प्रहरी वृत्त, थानकोट र ट्राफिक प्रहरी प्रभाग, थानकोटबाट खटिएको संयुक्त टोलीमाथि स्कुटर चलाईरहेका रामले हातपात गरेपछि प्रहरीले गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले आरोपित रामलाई पुस २३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो