INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकुमारी घटनामा छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

सरकारले ०८० पुस १३ गते इपीएस परिक्षाको विवादलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रीपरिषदको पुस १६ गते बसेको बैठकले घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वएआइजी अरूण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहने गरी तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

photo20240102kathmandu

सरकारले गठन गरेको आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन र विश्लेषण गरी घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउन र उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवम् निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्न टीओआर प्रदान गरेको छ । घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय जाँचबुझ समितिको म्याद एक महिना तोकिएको छ ।

अन्य

भिडियो