१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ४ लोकपुरवा निवासी २१ वर्षीय दिपेन्द्र भनिने मोहन यादवलाई पुस १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० पुस १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको छ ।