INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेक मनोनीत

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कर्णाली प्रदेशले मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेकलाई मनोनीत गरेको छ । समन्वय समितिको ०८० पुस १ गतेको निर्णय अनुसार इन्सेकलाई मनोनीत गरेको हो ।

समन्वय समितिका संयोजक समेत रहनुभएका प्रमुख शंकर बहादुर केसीले सदस्यमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीलाई मनोनीत गर्नुभएको हो ।

समितिमा सदस्यको रुपमा संयोजकले एक जना महिला सहित नागरिक समाजका तीन जना प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था रहेको छ । प्रदेश समन्वय समितिमा प्रमुख सचिव संयोजक, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (कानुन ) सदस्य सचिव र सबै मन्त्रलायका सचिव, प्रदेश प्रहरी प्रमुख, मुख्य न्यायधिवक्ताको कार्यलयका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि र नागरिक समाजका तीन जना प्रतिनिधि रहेका छन् ।

 

अन्य

भिडियो