बर्दिया कारागारामा पुर्पक्षको लागि थुनामा रहेका मधुवन नगरपालिका –२ का ७४ वर्षीय चिनकानु थारूको पुस ५ गते बाँकेस्थित भेरी अस्पतालमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
बलात्कार आरोपमा कारागारमा रहेका चिनकानुको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको जेलर काशीप्रसाद पंगेनीले बताउनु भयो ।
दिर्घकालीन रोग र स्वास्थ्यमा समस्या देखिएपछि पुस ४ गते राती ११ः३० मा बर्दिया अस्पताल गुलरियामा लगिएको थियो । बर्दिया अस्पतालले थप उपचारको लागि अन्यन्त्र लैजानु पर्ने बताएपछि थारूलाई थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो ।
शवको पोष्टमार्टम पुस ६ गते भेरी अस्पताल नेपालगञ्जमा भएको थियो । जिल्ला अदालतले पूर्पक्षको लागि ०७९ जेठ २३ गते बर्दिया कारागार गुलरियामा पठाइएको थियो ।