INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया एक जना र १७ वर्षीया तीन जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई प्रहरीले ०८० पुस ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी टोखा नगरपालिका-९, गङ्गबुमा र नयाँबसपार्कमा रहेका विभिन्न होटलमा राखेर जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुस ४ गते उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई पुस ४ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पङ्गेनीले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले गङ्गबु र नयाँबसपार्कबाट बालिकाहरूलाई उद्धार गरेको छ । एसपी पङ्गेनीका अनुसार उद्धार गरेका बालिकाहरूलाई प्रहरीले सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण पुस ४ गते थापाथलीस्थित प्रसुति गृहमा भयो । आरोपितलाई पुस ५ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी पङ्गेनीले जानकारी दिनुभयो ।

अन्य

भिडियो