INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २५ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-९ का २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई २५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० पुस ४  गतेको इजलासले कसुर गरेको ठहर गर्दै २५ वर्ष  ६ महिना कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई १ लाख रुपियाँ जरिबाना, राहत कोषमा २८ हजार रुपियाँ जम्मा गर्न र २८ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केसीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख ३ गते खाँदबारीबाट गिरफ्तार गरी जिल्ला अदालतमा ०८० वैशाख ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० वैशाख १३ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० वैशाख ३ गते गरिएको थियो ।

अन्य

भिडियो