INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित बलरा नगरपालिका–४ जब्दी का ३३ वर्षीय मुकेश कुमार यादव विरुद्ध ०८० पुस २ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

आरोपितले दुई जना १२ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई पुस १ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय बलराको टोलीले बेचविखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्नका लागि राेक्न खाेज्दा आरोपित यादव बालकहरुलाई छाडेर भारत तर्फ तत्काल फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

बालकहरुलाई उद्धार गरी उनीहरुका अभिभावककाे जिम्मा लगाएको डिएसपी थारुले जानकारी दिनु भयो । फरार रहेका आरोपित यादवको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो