३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस २ गते बरहथवा नगरपालिका–८ का ३४ वर्षीय दिलिप कुमार महतो विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई मङ्सिर २४ गते पीडितकै काकाको घरमा बलात्कार प्रयास गरेको पीडितले बताइन् ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित महतो फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका ईन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।