INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गराएको आरोपमा पाँच जना गिरफ्तार

१६ वर्षीया बालिकालाई जबरजस्ती बाल विवाह गराएको आरोपमा प्रहरीले कावासोती नगरपालिका –१० मगरकोटबाट ४० वर्षीय बेहुला सहित पाँच जनालाई ०८० पुस ३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आमाले नै डरधम्की देखाएर ०८० मङ्सिर २९ गते विवाह गर्न बाध्य पारेको भन्दै बालिकाकी भाउजुले २०८० पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीको आधारमा आरोपितहरुलाई गिरफ्तार गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।

अन्य

भिडियो