INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाको आरोपित विरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-२१ की ३१ वर्षीय रामकली महरालाई ५९ वर्षीय ससुरा राम एकबाल महाराले कुटपिट गरेको भन्दै पीडितले आराेपित विरुद्ध अस्थायी प्रहरी चौकी कुर्थामा ०८० पुस १ गते उजुरी दिएकी छिन् ।

आरोपितले पीडितलाई ०८० पुस १ गते जगगा बाँडफाँडको विषयमा विवाद हुँदा बाँसको लाठ्ठीले कुटपिट गरेको पीडितले बताउनु भयो ।

पीडितको उपचार पुस १ गते राती प्रादेशिक अस्पताल, जनकपुरधाममा भयो।

आरोपित फरार रहेकोले खोज तलास भइरहेको अस्थायी प्रहरी चौकी, कुर्थाका असई राम पुकार चौधरीले बताउनु भयो ।

अन्य

भिडियो