INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन तथा ओसारपसार गरेको कसूरमा कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार गरेको कसूरमा डडेल्धुरा ज्ल्लिा गन्यापधुरा गाउँपालिका–१ का २१ वर्षीय पदमबहादुर देउवालाई ०८० मङ्सिर २८ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसुर ठहर गरी एक वर्ष कैद सजाय, ५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र ४ सय रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।

पीडित महिलालाई २०८० जेठ ८ गते बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालय मार्फत आरोपित विरुद्ध बेचबिखन तथा ओसारपसार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० जेठ ३१ गते को आदेशले ५० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० जेठ ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो