INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर १८ गते बरहथवा नगरपालिका–९ का ३७ वर्षीय लालकिशोर महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई मङ्सिर १० गते पीडितकै घर अगाडि बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो