बागलुङ नगरपालिका–१३ सल्यानकी ५० वर्षीया सितली शाहीलाई कुटपिट गरि हत्या गरेको आरोपमा ५८ वर्षीय पति हरीसिंह नेपालीलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।
सितली शाहीलाई पति नेपालीले मङ्सिर १६ गते राती घरायसी विवादका क्रममा निर्घात कुटपिट गरेर घाइते बनाएपछि १७ गते विहान १० बजे उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याएको भएपनि स्वास्थ्यकर्मीले उहाँलाई तत्काल मृत घोषणा गरेका थिए ।
नेपालीलाई अस्पतालबाट गिरफ्तार गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी मदन केसीले जानकारी दिनुभयो ।
मृतक शाहीको मङ्सिर १७ गते धौलागिरी अस्पताल बागलुङमा पोष्मार्टम गरि आफ्न्तलाई शव जिम्मा लगाइएको छ ।