INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ०८० मङ्सिर १३ गते दाङ्ग जिल्ला राप्ती गाँउपालिका – ४ का २७ वर्षीय किरम चौधरीलाई १८ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश पुनाराम खनालको इजलासले १८ वर्ष कैद र सात लाख रूपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गणेशकुमार गौतमले बताउनु भयो ।

पीडितलाई आरोपितले ०८० वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई वैशाख ३ गते प्यूठान नगरपालिका—४ बाट  गिरफ्तार गरी  जबरजस्ती करणीको अभियोगमा वैशाख १२ गते जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको  स्वास्थ्य परीक्षण ०८० वैशाख ३ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।

अन्य

भिडियो