INSEC Online

📅 २०८३ जेष्ठ २१

घोडाघोडी नगरपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण

घोडाघोडी नगरपालिकाले घोडाघोडी  नगरपालिकाका–३ सृस्टीनगरका १२ मुक्त कमैया परिवारलाई मङ्सिर १२ गते सुरक्षित आवासको लागि घर हस्तान्तरण गरेको छ ।

२०५८ सालमा पुनर्स्थापना भएका तर घर निर्माण गर्न नसकेका १२ मुक्त कमैया परिवारलाई सुरक्षित आवासको लागि घर निर्माण सम्पन्न हस्तान्तरण गरिएको घोडाघोडी  नगरपालिकाका प्रमुख खडकबहादुर रावतले बताउनु भयो ।

गरिब तथा अतिविपन्नताको सूचीमा परेका १२ परिवार मुक्त कमैयाहरुलाई घोडाघोडी नगरपालिका, सुरक्षित आवास परियोजना र राष्ट्रिय दलित नेटवर्कको संयुक्त लगानीमा शौचालय सहितको दुई कोठे पक्कीे घर निर्मांण कार्य सम्पन्न गरी सम्बन्धीत घरधनीलाई हस्तान्तरण गरिएको नगरप्रमुख रावतले बताउनु भयो ।

घोडाघोडी नगरपालिका क्षेत्रमा स्थायी र अस्थायी गरी १२ ओटा मुक्त कमयै शिविरहरु रहेका र उहाँहरुको सुरक्षित आवसका लागि नगरपालिकाले बिभिन्न संघसास्थाहरुसँग समन्वय गरेर काम गरिरहेको घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया चौधरीले बताउनु भयो ।

अन्य

भिडियो