१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा ०८० मङ्सिर १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भयो ।
घटनापछि आरोपित महतो फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका सई सुवाश यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।