१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २६ वर्षीय रामपुकार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० मङ्सिर ६ गते पीडित पक्षले उजुरी दिनु भयो ।
पीडितलाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो ।
घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।