६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत बागलुङले बडिगाड गाउँपालिका– ७ का २९ वर्षीय दिपक थापालाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश रमेशकान्त अधिकारीको ०८० मङ्सिर ७ गतेको इजलासले कैदसँगै ७ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालत बागलुङका इजलास अधिकारी पदम थापाले जानकारी दिनुभयो ।
बालकलाई ०७९ चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले ०८० वैशाख १५ गते जिल्ला अदालत बागलुङमा बालबालिका विरुद्ध यौन ददुर्व्यवहार गरेको शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
आरोपितलाई अदालतको जेठ १ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।
पीडित बालकको स्वास्थ्य परीक्षण चैत २६ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।