बहुविवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्की साहलाई साउन १७ गते गिरफ्तार गरेको छ ।
साहकी ३१ वर्षीय जेठी पत्नी पूजा साहले आरोपितद्वयविरुद्ध बहुविवाह गरेको भन्दै कारबाहीका लागि साउन ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर तीर्थ बुढाथोकीले जानकारी दिए ।