INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोप लगाइएको घटनाका आरोपित विरुद्धको मुद्दा फैसला

दुप्चेश्वर गाउँपालिका-१ की ४० वर्षीया जमुना तामाङलाई बोक्सीको आरोप लगाउने घटनाका आरोपितहरू विरुद्धको मुद्दालाई नुवाकोट जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

घटनामा संलग्न भएका चारै जना आरोपितहरू फरार रहेकोले मुल्तबीमा राख्ने फैसला भएको हो । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०८० कात्तिक २३ गते मुल्तबीमा राख्ने फैसला गरेको अदालतका श्रेस्तेदार खेमकुमारी बस्नेतले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित तामाङले ०७९ साउन ९ गते आफूलाई कथित बोक्सीको आरोप लगाई कुटपिट समेत गरेको भन्दै दुप्चेश्वर गाउँपालिका–१ का २७ वर्षीय सूर्यबहादुर तामाङ, सोही वडाका ५० वर्षीय मोहनसिंह तामाङ, सोही वडाका ४५ वर्षीय सञ्चा तामाङ, ५० वर्षीया नेमा लामा र ३२ वर्षीय अर्जुन तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७९ साउन १५ गते उजुरी दिनुभएको थियो । उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले ०७९ कात्तिक ४ गते जिल्ला अदालतमा दर्ता गराएको थियो ।

आरोपितहरू फरार रहेकोले मुल्तबीमा राख्न फैसला भए पनि आरोपितहरू गिरफ्तार भएपछि मुल्तबी जगाएर सजाय तोक्ने व्यवस्था रहेको जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले बताउनु भयो ।

अन्य

भिडियो