INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएका धनगढी उपमहानगरपालिका–१६ घसीटाका ३१ वर्षीय कृष्णबहादुर सेठीको ०८० कात्तिक २३ गते मृत्यु भएको छ ।

बयान लिने क्रममा थुनामा राखिएका सेठीे बेहोस भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा लगिएको भए पनि डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देबेन्द्रबहादुर पालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

अनुसन्धानका लागि थुनामा राख्नु भन्दा अगाडि सेठीको मापसे चेकजाँच गरी राखिएको भए पनि अन्य स्वास्थ्य परीक्षण भने नगरिएको एसपी पालको भनाइ छ ।

थुनामा राखिएका सेठीलाई कात्तिक २२ गते मात्रै भेटघाट गर्दा सेठीको स्वास्थ्य अवस्था सामान्य रहेकोमा कात्तिक २३ गते मृत्यु भयो भनेर प्रहरीले आफूहरुलाई जानकारी गराएको मृतकका बुवा जंगबाहादुर सेठीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घटनाको सत्यतथ्य सार्वजनिक नहुँदासम्म र आफूहरुले न्याय नपाएसम्म मृतक सेठीको शव नबुझ्ने मृतकका दाजु गणेश सेठीले बताउनु भयो । मृतक सेठीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ ।

धनगढी उपमहानगरपालिका–१६ घसीटाका ३८ वर्षीय लालबहादुर थापालाई कात्तिक २० गते बाँसको लाठ्ठी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सेठीलाई कात्तिक २१ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो