INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीयलाई सास्ती

उत्तरी गोरखाको खाद्य डिपो र विक्रि केन्द्रमा चामल ढुवानीमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती भएको छ ।

चालु आर्थिक बर्षको झण्डै चार महिना बित्दा सम्म चामल ढुवानी हुन सकेको छैन । ठेक्का सम्झौता टुङ्गीन समय लाग्दा चामल ढुवानीमा ढिलाई भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीब लिमिटेड शाखा कार्यालय गोरखाका सूचना अधिकारी शिव सुनरले जानकारी दिनुभयो ।
ठेक्का सम्झौता प्रक्रिया सकिएकाले मङ्सिरको पहिलो हप्ता सम्म चामल ढुवानी गर्ने गरि तयारी भइरहेको कार्यालयले जनाएको छ । ढुवानी सहुलियतमा चुमनुव्री गाउँपालिका–३ सिर्दिवास र धार्चे गाउपालिकाको माछाखोला डिपो तथा चुमनुव्री गाउपालिका–६ को चुम्लीङ र वडा नम्वर ४ को नामरुङ विक्री केन्द्रमा चामल ढुवानीमा ढिलाई भएको हो । फिलिम डिपोमा गत आर्थिक वर्ष ढुवानी भएर मौज्दात रहेको चामल २ सय क्वीन्टल चामल विक्री भइरहेको सुनारले बताउनुभयो ।
चालु आर्थिक वर्ष सिर्दिवास स्थित फिलिमको डिपोबाट २ हजार क्वीन्टल चामलको कोटा स्वीकृत भएको छ । चुमनुव्री गाउँपालिका–६ चुम्लीङ, वडा नम्वर ४ को नामरुङ विक्रि केन्द्र तथा धार्चे गाउँपालिकाको माछाखोलाका डिपोका लागि चालु आर्थिक वर्ष ५÷५ सय क्वीन्टल चामलको कोटा स्वीकृत भएको छ ।
धान खेती नहुने उत्तरी क्षेत्रमा ढुवानी अनुदानमा चामल उपलब्ध गराईँदै आएको छ । गत वैशाखबाट चुम्लीङ र नामरुङमा विक्री केन्द्र थप भएको छ । चालु आर्थिक वर्ष चामल ढुवानी नहुँदा नामरुङ र चुम्लीङमा भने खाद्यको चामल रित्तीएको छ ।
चुम्लीङमा छेकम्पार र चुम्चेत तथा नामरुङमा सामागाउँ, ल्हो, प्रोक, विहिका स्थानीयवासीले विक्रि केन्द्र तथा डिपोबाट चामल खरिद गर्दै आएका छन् । खाद्यको विक्रि केन्द्र र डिपोमा चामल नहुँदा यहाँका स्थानीय वजारको खच्चड मार्फत पुगेको चामल खरिद गरेर खाने गरेका छन् । खच्चडको ढुवानी भाडा महङ्गो हुदा लागतको तेब्बर मुल्य सम्म तिरेर चामल खरिद गर्नुपर्ने चुमनुव्री गाउँपालिका–७ छेकम्पारमा तेन्जीन दोर्जेले बताउनुभयो । ‘२५ किलोको चामल ढुवानी गर्दा एक केजीको ६५ देखि ७० रुपैया खच्चडलाई ढुवानी बापत तिर्नुपर्छ,’ उहाले भन्नुभयो ।

अन्य

भिडियो