INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित बालकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १४ गते जिल्ला अस्पताल पाल्पामा भएको पनि प्रहरीले जनाएको छ ।

अन्य

भिडियो