INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई कात्तिक  १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले कात्तिक १६ गते बलात्कारपछि हत्या गरेर स्थानीय हुँग्दीखोलामा फालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

बालिका कात्तिक १७ गते बिहान नग्न र खोलामा डुबेको अवस्थामा फेला परेकी मृतककी आमाले बताउनु भयो ।

छोरी आफूसँगै खेतमा काम गर्न गएको र खेतबाट खेतलालाई सुर्ति किन्न पसल गएपछि फर्किएर नआएको आमाले मृतककी आमाले बताउनु भयो ।

मृतक प्षले कात्तिक १८ गते आरोपितविरूरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गरेका थिए ।

 शवको पोष्टमार्टम कात्तिक १८ गते गुल्मी अस्पताल तम्घासमा गरि शव आफन्तलाई बुझाइएको छ ।

 

अन्य

भिडियो